२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

पोखरा:  नेकपा एमालेको झलनाथ खनाल– माधव नेपाल समूहको पोखरामा आयोजित भेलाबाट कास्कीमा समानान्तर कमिटी घोषणा गरिएको छ । बिहीबार पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा आयोजित भेलाले ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।

नेता माधव कुमार नेपालको प्रमुख उपस्थितिमा आयोजित कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् । गठित समितिले केही समयभित्रै अर्को भेला गरेर पार्टीको पूर्ण कमिटी घोषणा गर्ने बताइएको  छ ।

भेलामा माधव नेपाल र सुरेन्द्र पाण्डे सहित तुलबहादर गुरुङ, चूडामणि जंगली, श्रीनाथ बराल र मदनकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय पार्टीमा एमालेका अध्यक्ष केपी ओलीले नेपाल र भीम रावललाई कारवाही गरेपछि नेपाल–खनाल समूहले विभिन्न भ्रातृ संगठनको समानान्तर कमिटी घोषणा गर्दै आएको छ ।

पार्टीको कारबाहीमा परेपछि नेपाल पहिलो पटक पोखरा आएका हुन् । गण्डकी प्रदेश एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको बलियो पकड क्षेत्र हो । गण्डकी प्रदेशमा पनि कास्की ओली पक्षको सबैभन्दा बलियो पकड भएको जिल्ला भएको बताइन्छ । प्रदेश तथा संघीय संसदमा नेपाल–खनाल समूहबाट एकजना मात्र सांसद रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।