१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् ।
नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् ।
नेता नेपाल र रावललाई एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण माग गर्दै चैत ८ गते पत्र पठाएका थिए । त्यसको जवाफ उनीहरुले चैत १२ गते पठाएका थिए ।