२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: नेकपा एमाले केपी शर्मा ओली पक्षको  केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार  वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई कारबाही स्वरुप  स्पष्टीकरण पत्र थमाइएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थमाइएको हो ।

बैठकको निर्णयअनुसार चारै जना नेताहरुका स्वकीय सचिवमार्फत पत्र दिइएको छ’, रिजालले  बताए । शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु