२०८१ फाल्गुन १३, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले ओ‌लीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् ।

‘नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,’ नेता नेपालले भने,’साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन् ।’

आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले नेता योगेश भट्टराईको फेक हस्ताक्षर प्रयोग गरेको उनले बताए । उनले भने,’ आज बिहान फेक सूचना जारी गरेका थिए । योगेश भट्टराईको हस्ताक्षर चोरेर फेक पत्र जारी गरेका थिए । साइबर स्यालहरु त अझै पनि जिँउदै रहेछन् । नेकपा हुँदा थियो भनेको त अझै पनि रहेका छन् ।’

उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कुनै पनि भ्रमको समाचारमा नलाग्न पनि आग्रह गरे ।

यस्तै नेता नेपालले आफूहरुको लडाईं पदको नभएर सिद्धान्त,नीति,विधि र पार्टी निर्माणको लडाइँ भएको बताए । पार्टीभित्रको वर्तमान स्थिती उत्पन्न हुनुको कारण केपी शर्मा ओली नै प्रमुख जिम्मेवार रहेको उनले आरोप लगाए ।

फेसबुक प्रतिक्रियाहरु