२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

बागलुङ : पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यका सबै संयन्त्र ओलीकरण गर्ने प्रयास भइरहेको बताएका छन् ।

नेपाली कांग्रेस सम्वद्ध शुभेच्छुक संगठन नेपाल शिक्षक संघ बागलुङको २० र २१ औँ जिल्ला प्रतिनिधि सभालाई बिहीबार सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीको नियत ठिक नभएको बताए । संसद विघटन प्रयास विफल भए पनि एकपछि अर्को संयन्त्र कब्जा गरी लोकतन्त्रलाई धराशायी पार्ने प्रधानमन्त्री ओलीको प्रयास जारी रहेको थापाले दाबी गरे ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नियत नै खराब छ, राज्यका संयन्त्रलाई प्रभावमा पारेर ओलीकरण गर्न खोज्नुभएको छ,’ थापाले भने, ‘प्रधानमन्त्रीको यस्तो कार्यशैलीले लोकतन्त्र धराशायी हुने अवस्थामा पुगेको छ, यसको बिरुद्धमा सबै जागरुक हुनु पर्ने बेला आएको छ ।’

नेता थापाले अब कम्युनिस्टको वास्तविक चित्र उदांगो भइसकेको उल्लेख गर्दै अब मुलुकलाई निकास दिने कांग्रेसबाहेक अरु पार्टी हुनै नसक्ने दाबीसमेत गरे । ओलीविरुद्ध बोल्ने सबैलाई नियन्त्रण गर्न थालिएको बताए । ‘ओलीको मनपरी अराजकता रोक्ने काम कांग्रेसले गर्नुपर्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले दुईवटा पार्टी गाभेर नक्कली पार्टी बनाई जनतालाई झुक्याएर सत्तामा पुगेको थापाको आरोप थियो । कांग्रेस कुनै लोभ लालचमा नफस्ने भन्दै अब निर्वाचनबाट मात्रै कांग्रेस सत्तामा जाने थापाले उद्घोष गरे आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।