२०८१ मंसिर २०, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको सत्ता साझेदारी बार्ता  सकारात्मक दिसातिर उन्मुख रहेको नेताहरूले बताएको  छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको दुई पक्षीय बैठक सकारात्मक बनेको राजपा नेता लक्ष्मणलाल कर्णले  जानकारी दिए ।

बैठकमा सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा घाइते तथा अपांगलाई उचित राहतको व्यवस्था, मुद्दा फिर्तालगायतका माग पूरा गरे सरकारमा सहभागी हुन तयार रहेको जसपा नेतहरुले धारणा राखेका थिए । तर विगतमा जस्तो कागजमा सहमति गरेर नभइ कार्यान्वयन भएपछि मात्र सत्ता सहकार्य गरेर अघि बढ्न सकिने आफूहरुले स्पष्ट कुरा राखेको कर्णले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै थप छलफल गरेर समग्र मागका विषयमा निष्कर्षमा पुग्न सकिने धारणा राखेका थिए । आजको बैठकमा ओली जसपा नेताहरुसँग निकै लचकताका साथ प्रस्तुत भएका थिए ।

यस्तै दुई पक्षबीच वार्ताका लागि थप एक जना कार्यदलमा थप गरेर ६ जना पुर्याइने पनि बताइएको छ । यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरको अग्रसरतामा सत्ता सहकार्यका लागि एमालेसँग छुट्टै छलफल थालेकोमा बिहीबार उपेन्द्र यादवलगायतका नेताहरुसँग संयुक्त छलफल भएको हो ।

बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि छलफल सकारात्मक भएको र भोलिपनि बैठक बस्ने सहमति भएको बताए ।
बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुरसहित नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण सहभागी थिए भने एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसहित नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायत सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।