काठमाडौं: सरकारले प्रतिबन्दित दल विप्लब समुहसंग बार्ता टोलि घोषणा गरेसंगै नेकपा विप्लव समूहले पनि सरकारसंग बार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ ।
विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।
सरकारको तर्फबाट विप्लव पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र राजन भट्टराईको नाम सार्वजनिक गरेको छ । मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।
केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको थियो ।