२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमडौं:  पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र धर्म पत्नी तथा प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमानै फर्किएका छन् ।

प्रचण्ड-माधव समूहमा आफ्नो सहि ब्यबस्थापन नहुने देखेर फेरी ओली समुहमा  फर्किको उषाकला राइले बताइन् । अहीले प्रधानमन्त्रि ओलीले सत्ताको आडमा विभिन्न पक्षलाइ विभिन्न पदको लोभ देखाउदै आफ्नो पक्षमा पार्दै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भएका थिए । केहि समय ओली समुहमा बिताएका दम्पति ओलीको कदम गलत भन्दै प्रचण्ड नेपाल समुहमा आएका थिए भने केहि  टेलिभिजनमा अन्तरबार्ता दिदै ओलीको खरो आलोचना गर्दै आएका थिए । अहिले फेरी केही दिनको बसी पछि तामाङ्ग दम्पति प्रचण्ड-माधव समूह त्यागेर ओली समुहमा लागेका छन् ।

तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि म्यादी  केन्द्रीय सदस्य बनाएको थियो  निर्बाचन आयोगले मान्यता नदिए पछि राइको पद खुस्किएको थियो ।

फेसबुक प्रतिक्रियाहरु