काठमाडौं: नेकपा प्रचण्ड–नेपाल पक्षले आफु मातहतमा रहेको केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ ।
प्रचण्ड नेपाल पक्षमा बहुमत केन्द्रिय सदस्य हुदा हुदै पनि निर्बाचन आयोग अन्योलमा परेको बेला प्रचण्ड नेपाल पक्ष आफु निकट केन्द्रीय सदस्यहरुको नागारिकतानै बोकेर निर्वाचन आयोग जाने तयारी गरेको हो ।
त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन नेकपाले बह्नेको छ ।
गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै दुई नेकपा दुई खेमामा बिभाजित बनेको नेकपाको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् ।
दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन ।