२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

टोकियो : नेपाल राष्ट्रिय तामाङ्ग धेदुङ्ग जापानले  २८५७ औं लाङ ल्होछारको अवसरमा  शुभकामना आदानप्रदान तथा भेला कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम प्रमुख अतिथिले दियोमा बत्ती बालेर  बिधिवत उदघाटन गर्नु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै उहाले  तामाङहरुको हक, हित, अधिकार र पहिचानका बारेमा सबैलाई बुज्नु बुझाउनु आबास्यक रहेको बताउनु भएको थियो । प्रबासमा रहेका तामाङ्ग समुदायहरु भईपरि आउने समस्या या संघ संस्थामा मात्र अल्झेर नबसी एकिकृत तामाङ समाज निर्माण गर्न लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

नेपाल तामाङ राष्ट्रिय घेदुङ विदेश बिभाग प्रमुख पेमा लामा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेला राष्ट्रिय तामाङ घेदुङ जापानको तदर्थ समिति संयोजक टाशि लामाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन तदर्थ समिति सचिब कुशल मोक्तानले  गर्नु भएको थियो । साथै  सम्झना ग्याबाको स्वागत मन्तब्य राख्नु भएको थियो ।

बिश्व महामारीको रूपमा फैलिएको कोभिड -१९ लाई मध्यनजर गर्दै सम्पन्न उक्त भेलाले १९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । भेलाले कार्य समितिको अध्यक्षमा  पेम्बा लामा तामाङ  र महासचिबमा भरत मोक्तान लाइ  चयन गरेको छ ।

यसैगरी विद्या सागर मोक्तान  उपाध्यक्ष, रेशम ग्यामदेन लामा  उपाध्यक्ष, संजिब स्याङतान (तामाङ्ग )  उपाध्यक्ष,  कुशल मोक्तान – सचिब, टाशि लामा – कोषाध्यक्ष र सम्झना लामा – सह-कोषाध्यक्ष रहेको छ । सदस्यहरुमा

सुनिल लामा वाइबा, शोनी तामाङ, युवराज लामा, दिव्य लामा स्याङबो, निमा लामा, सोम बहादूर घिसिंग,  विष्णु ल्हो तामाङ,  बुद्ध लामा पाख्रिन,  मुस्कान ग्लान तामाङ,  प्रज्वल लामा दोङ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।