२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौंस्  प्रधानमन्त्री केपी शर्मा ओली आफुहरु आधिकारिकता दाबि गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारी  लिन र  आफुहरुनै आधिकारिक भन्दै प्राधनामन्त्रि ओली  निर्वान आयोग पुगेका हुन् । प्रचण्ड-माधव नेपाल पक्षले यस अघिनै आयोमा पुगेर आधिकारिकता दाबी गरिसकेका छन् ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।

बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड-माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड-माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु