नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधब पक्षले आज धनगडीमा बिरोध सभा गर्ने भएको छ ।
काठमाण्डौ पछि बुटबल र बिराटनगरमा बिशाल जनसमुदायको उपस्थिति बिच बिरोध सभा गरि हौसिएको प्रचण्ड माधब पक्षले आज धनागडिमा बिरोध सभा गर्न लागेको हो । ओली पक्षले केहि दिन अगाडी मात्र धनगडीमा आमसभा गरेको थियो । त्यहि सभालाई इन्काउन्टर दिन र ओली पक्षले छरेका भ्रम चिर्न नेकपा प्रचण्ड माध पक्षले धनगाडीमा आमसभा गर्न लागेको हो ।
सभालाई अध्याक्ष प्रचण्ड-माधब नेपाल, प्रदेश इन्चार्ज भीम रावललगायतका नेताहरुले सम्बोधन गर्नेछन । सभालाइ सम्बोधन गर्न नेपाल र प्रचण्ड धनगडी पुगिसकेका छन् । भने सभा दिउसो एक बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ । तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपाले यही माघ २८ गते पुनः काठमाडौंमा वृहत प्रदर्शन गर्ने जनाएको छ ।