काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई तीन महिनामा नागरिक समाजका अगुवा बनाउने बताएका छन्।
नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपालले पार्टी चलाउन नसक्ने भन्दै सम्मानित नगारिक समाज बनाउने बताएको हो । ओलीले भने, ‘एक जना साथी त अस्ति नागरिक अगुवा भएर जानुभएछ। यसो चित्र निहालेर हेरेँ अरू अझै गएका रहेनछन् । प्रचण्ड-नेपालहरूको पनि बाटो त्यही हो।’
प्रचण्ड-नेपाललाई नागरिक समाजका सम्मानित व्यक्तित्व बनाएर राख्नुपर्ने ओलीको भनाइ छ। ओलीले प्रतिनिधि सभा विघटन गरेर ठिक गरेको पनि दाबी गरे भने । उनले अस्थिरता रोकेको र आगामी चुनावबाट देशभक्तिलाई जनताले आफ्नो पार्टीलाई बहुमतले जिताउने दाबि गरे ।