ओलीले बालुवाटार वरिपरि टिप्दै बनाएका करिब १५ सय भन्दा बढी केन्द्रिय सदस्यहरु सबै अबैध ठहरिएका छन् । निर्बाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी विभाजनलाई कानूनी मान्यता नदिएपछि सबैभन्दा ठूलो चोट र हास्य पात्र अहिले केपी ओली र उहाले नियुक्ति गरेका १५ सय भन्दा बढी म्यादी केन्द्रिय सदस्य बनेका छन् ।
आयोगले नेकपामा साविककै विवरण कायम रहने’ निर्णय गरेपछि अवसर छोपेर बनेका म्यादी केन्द्रिय सदस्यहरु ट्वाल्ल परेका हुन । ५ पुसमा बसेको ओली पक्षको बैठकले पार्टीको ४४१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गर्दै ११ सय १९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो । पछि फेरि थप गरेर १५ सय १ पुर्याइएको थियो । यी दुवै विस्तार तत्कालका लागि अमान्य भएका छन् ।