२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

सप्तरी:  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै हुने चेतावनी दिएका छन् ।

सप्तरीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै यादबले संविधान विपरीत मनमानी तरिकाले काम गर्ने ट्रम्पलाई जाँदाजाँदै महाअभियोग खेप्नु परे झैं ओलीलाई पनि यस्तै सामना गर्नुपर्ने उनले बताएका हुन् । यादबले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारीले असंबैधानिक काम गरेकाले जादा जादै  महाअभियोगको सामना गरेर जाने बताए ।

नेपालमा  ठूला राजा महाराजाहरु आएर गएको इतिहास कोट्याउदै यादबले आफूले जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता प्रधानमन्त्रीले बोकेको बताए । विरोध सभालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाप्रतिगमनकारीको संज्ञा दिए ।

नेता महतोले पहिलो प्रतिगमन अधिकारविहीन संविधान बनाएरै भएको बताए । ‘संविधान बन्ने बेला नै ओलीले पहिलो प्रतिगमन गरे,’ नेता महतोले भने, ‘छातीमा गोली हानेर अधिकार खोसेर संविधान जारी गरे । गत पुस ५ गते संसद विघटन गरेर अर्काे प्रतिगमन गरे । त्यसैले उनी महाप्रतिगमनकारी हुन् ।’

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।