२०८१ पुस १२, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

रबिन्द्र यादव :
नवलपरासी केरा उत्पादक संघको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार मर्चहवामा सम्पन्न भएको छ । सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता र नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै अध्यक्ष पाण्डेले कृषकका समस्या समाधान गर्न गाउँपालिका अग्रसर रहेको बताउनुभएको छ । किसानका लागि आवश्यक केरा बिमाका लागि पन्ध्र लाख बजेट विनियोज सुस्ता गाउँपालिकाले गरेको समेत जानकारी दिए । त्यस्तै सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा दुई करोड बजेट बराबरको पाच हजार मेट्रीक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणकार्य भइरहेको तथा एक बर्ष भित्र सुचारू हुने बताएका थिए । कार्यक्रमा नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सुस्ता र प्रतापपुर गाउँपालिकामा तीन हजार भन्दा बढि घरपरिवार किसानहरुले केराखेती गरिरहेको बताउनुभयो । अध्यक्ष यादवले किसानहरुलाई सरकारले समयमा खाद्य माल बिउविजन उप लब्ध गराउन नसक्दा झन मकार्ममा परिरहेको बताए ।
कोषाध्यक्ष हरि गोविन्द कोईरीले संस्थाको आय ब्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा उत्कृष्ट केरा किसान, केरा ब्यबसायी संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।
साधारणसभामा पिएम परियोजनाका रामप्रसाद पाण्डे,प्रतापपुर गापा वडा नं ८ का वडा अध्यक्ष कादिर अलि अन्सारी, सुस्ता ३ का वडा अध्यक्ष राजकुमार महत्तो, नन्दलाल गुप्ता , बेचन कोइरी लगायतका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुदामा कोइरी र कार्यक्रम संचालन हिरालाल दुषादले गरेका थिए । साधारणसभाको कार्यक्रम समापन पछि बन्द सत्रमा लख्खु प्रसाद यादव अध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् । वहाको नेतृत्वमा ११ सदस्यीय मुल कार्यसमिति निर्विरोध चयन हो । जसको वरिष्ठ उपाध्यक्षमा सुदामा कोइरी, उपाध्यक्षमा सरोज यादव , महासचिवमा मदन कोइरी , सचिव बेचन कोइरी , कोषाध्यक्ष हरि गोविन्द कोइरी, सदस्य चन्द्रकला कोइरी , धिरेन्द्र गुप्ता , संजय कोहार , मोतीलाल कोइरी र उत्रिचन्द भर रहनु भएको छ ।
त्यसैगरी हरिलाल दुषादको संयोजकत्वमा पाच सदस्यीय लेखा समिति र कादिर अलि अन्सारीको संयोजकत्वमा पाच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।