२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई महाभारतका खलपात्र दुर्योधनको संज्ञा दिएका छन् ।

नेकपा बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले हारिसक्दा पनि दम्भ र अहंकारले अन्तिम अवस्थामा युद्ध लडिरहेका दुर्योधन जस्तै भएको बताए । उनले भने, ‘कौरवका सारा ९९ भाइ मरिसकेका छन् । दुर्योधनको भने फुर्ती घटेकै छैन । यस्तै प्रवृत्ति बोकेका व्यक्ति हुन्, पात्र हुन् केपी ओली । ओलीको अब फुर्ती चल्नेवाला छैन ।’

नेता नेपालले ओलीको नेकपालाई ‘धुन्धुकारी’, ‘मेला, झमेला भएको माछा बजार’ र जात्राको संज्ञा पनि दिए । उनले ओलीले थप गरेका केन्द्रीय सदस्यलाई जात्रामा सहभागी व्यक्तिको रुपमा टिप्पणी गरे ।
‘काठमाडौंमा भएका जात्रा जस्तै जात्रामा सामेल हुनुस् । सदस्य बनिहाल्नुस्’, उनले भने । उनले केपी ओलीका कार्यकर्ता डम्मरु बजाउँदै नेपालगन्जमा पनि युवा, विद्यार्थी र मजदुर किसानको केन्द्रीय सदस्य बाँड्न आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका थिए । उनको केपीको वकालत गर्नेहरुलाई भने साइबर सेना र रावण सेना पनि भनेका थिए ।
उनले नेकपाको केन्द्रीय सदस्यमध्ये ७० प्रतिशत आफ्नो पक्षमा भएकाले पार्टीको नाम र चुनाव चिह्न सूर्य आफूहरुले नै पाउने पनि दाबी गरेका थिए ।

सोही कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि निर्वाचन आयोगले आफूहरु रहेको पार्टीलाई सूर्य र पार्टीको नाम दिनुको विकल्प नभएको दाबी गरेका थिए । उनले भने, ‘निर्वाचन आयोगले हाम्रो पार्टीलाई आधिकारिकता दिनुको अब विकल्प छैन ।’

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्यद्वय युवराज ज्ञवाली र वर्षमान पुन लगायतका नेताले संसद विघटनाका विरुद्धमा गाउँ तहबाटै कार्यकर्ता आन्दोलित हुन आव्हान गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।