२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

धरान: सांसद विघटन विरुद्ध जनता समाजवादी पार्टीले  धरानमा बृहत विरोध प्रदर्शन गरेको छ ।

सुनसरीका विभिन्न स्थानीय तहबाट आएका जसपा कार्यकर्ताहरुले धरानमा प्रधानमन्त्री केपी ओली विरुद्ध चर्का नारावाजी गर्दै बिरोध प्रदर्शन गरेको हो । धरानको छाताचोकबाट हजारौंको संख्यामा निस्किएको जुलुस भानुचोकमा आएर सभामा परिणत भएको थियो ।

सभामा आएकाहरुले केपी ओली बिरुद्ध चर्का नारा लगाएका थिए ।  ‘सरकारी सम्पत्तीको दुरुपयोग बन्द गर’! केपी तिम्रो पाराले दुःख पाए साराले’, ‘असंवैधानिक सांसद विघटन मुर्दाबाद’, जस्ता नारा लगाएका थिए ।

सभालाई  जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री ओलीले सांसद विघटन गरी पूर्व राजा ज्ञानेन्द्रको भन्दा प्रतिगामी काम गरेको आरोप लगाए । उनले ओलीले विदेशी शक्तिको इसारामा सांसद विघटन गरेको भन्दै सर्वोच्च अदालतको आदेशले सांसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरे ।

नेता राईले ज्ञानेन्द्रको जस्तै ओलीको पनि पतन हुने भएकाले अबको पहिलो शक्ति जसपा हुने ठोकुवा गरे । सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय कार्यकारीणी सदस्य रकम चेम्जोङले जनताले प्राप्त गरेको गणतन्त्र र संघीयतालाई ओलीले सखाप पार्न खोजेको आरोप लगाए ।

उनले ओलीले सांसद विघटन गरी जनमतमाथि खेलबाड गरेको बताए । ओलीले सांसद विघटन गरी ज्ञानेन्दकै जस्तो चुनाव गराउन खोजेको उनको भनाइ थियो । जनता कांग्रेस र कम्युनिस्टहरुको व्ययभारबाट दिक्क भनेको पनि चेम्जोङले बताए ।

फेसबुक प्रतिक्रियाहरु