२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: संसद विघटनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी र शसक्त बनाउने योजना बनाउन  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसिरहेको छ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि सुरु भएको छ  ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ । यसअघि उसले माघ २३ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । संसद विघटनविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी र शसक्त बनाउने नेकपाको योजना छ ।

साथै आजको बैठकमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले सांगठनिक व्यवस्थापन गर्नेगरी सुझाव पेश गर्न कायदेश पाएको थियो ।
सोही अनुसार हिजाको बैठकमा कार्यदलले आफ्नो प्रतिवदन पेश गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु