२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

म्याग्दी: नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुन:स्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल समूहसँग एकता सम्भव नरहेको उनले बताए ।

‘अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुन: एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन,’ राष्ट्रिय युवा संघ नेपालले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हाम्रो हो, नभए कसैको पनि हुँदैन ।’

दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको बस्नेत बताए ।

‘संविधान, ऐन–कानुन बाझिएको अवस्थामा सर्वोच्च अदालतले यसअघि गरेका फैसलाहरू स्वत: नजिरका रूपमा प्रभावकारी बन्ने हुँदा प्रधानमन्त्री ओलीको ताजा जनादेशमा जाने इच्छालाई सर्वोच्च अदालतले रोक्दैन,’ उनले भने ।

दाहालले वामदेव गौतममार्फत पार्टी एकता गरी सत्ताका लागि बार्गेनिङ गरिरहेको आरोपसमेत बस्नेतले लगाए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।