२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: नेकपा बिबाद अहिले प्रदेश हुदै तल्लो तहसम्म पुगेको छ । प्रदेश सरकार सामु अविश्वासको प्रस्ताव दर्ता हुन थालेपछि  सांसदहरुको तानातान सुरु भएको छ । उसो त प्रधानमन्त्री ओलीले पूर्व माओबादीको ५ संसदहरुलाई महत्वपूर्ण मन्त्रीको जिम्मा दिदै आफ्नो बहसमा पारि सकेका छन ।

संसद बिघटनको बिरुद्धमा सबैभन्दा पहिला आफ्नो फेसबुक स्टाटस मार्फत ओलीको बिरोध गर्दै आएको प्रभु शाह मन्त्रीको कार्ड पाएपछि राता रात ओली खेमामा लागेको छ भने राम बहादुर थापा बादल गृहमन्त्री सहित दोस्रो बरिएता दिने अस्वासन संगै ओलीको कदम अग्रगमन हो भन्दै हिड्न थालेका छन । यसै गरि टोप बहादुर राइमाझी भट्ट लगाएतका नेताहरु पनि मन्त्रि खानकै लागि असंबैधानिक कदमको स्वागत गर्दै ओली खेमामा लागेका छन् ।

अहिले केन्द्रदेखि प्रदेश स्तरमा पनि मुख्य मन्त्रि बिरुद्ध  भटा भट अविस्वासको प्रस्ताब आउन थालेपछि नेताहरु संसद फकाउन र आफ्नो पक्षमा लिनको लागि अफरै अफर गर्न थालेका समाचारहरु बाहिर आइ रहेको छ । यो संगै आफु बिरुद्ध अविस्वासको प्रस्ताब दर्ता भएपछी प्रदेश एक का मुख्य मन्त्रि शेरधन राइले संसद फकाउन मन्त्रि देखि आगामी चुनाबमा चुनाब खर्च सम्म उपलब्ध गराउने लबिङ गरेको खुलाशा भएको छ ।

प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल)ले पार्टीमा कित्ता परिवर्तन गरे आफूलाई मन्त्री पद दिने मुख्य मन्त्रि राइबाट आश्वासन आएको बताएका छन्। तर साम्बाले बिचार र सिदान्त भन्दा अरु कुरामा बिचलित नहुने जवाफ फर्काएको बताएको छ ।

योसंगै हस्ताक्षर गरेर स्वतन्त्र बसेका २० जना र हस्ताक्षर नगरी बसेका १० जनालाई ओली समूहले आफ्नो पक्षमा ल्याउनका लागि मन्त्री पद देखि अनेक किसिमको अफर गरिरहेको छ । भने उदयपुरकी प्रदेशसभा सदस्य कला घलेले केन्द्रीय सदस्य बनाइदिने प्रलोभनमा परि  हस्ताक्षर फिर्ता लिई सकेकि छिन छ ।

यसैगरि ओली समूहले कित्ता परिवर्तन गरे प्रत्यक्ष तर्फ निर्वाचित सांसदलाई मन्त्री र समानुपातिक सांसदलाई राज्यमन्त्रीको अफर गरेको एक महिला सांसदले बताइन् । ओली समुहले संसद फकाउने टार्गेट  असन्तुष्ट समूहलाइ प्राथमिकतामा राखेको र यहि अनुसार कसरत गरिरहेको छ । तर सहि बिचार र दृष्टिकोण राख्नेले प्रतिगमनको मतियार नबन्नेमा नेपाल प्रचण्ड पक्ष ढुक्क छन् |

 

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।