२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ।

सोमबार बसेको प्रचण्ड -नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो । पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्री समेत हुन् ।

पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशको सह-इन्चार्जबाट खगराज अधिकारीलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।

गुरुङका अनुसार प्रदेश कमिटी सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।

संसद विघटनपछि नेकपा विभाजित हुँदा एक पक्षले अर्को पक्षलाई जिम्मेवारीबाट हटाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।