२०८१ पुस १०, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ — जापानको एक अदालतले ‘ट्विटर किलर’ को नामले चिनिएका ताकाहिरो शिराइसीलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ ।

ट्विटरबाट सम्पर्क गरी ९ जनाको हत्या गरेको आरोपमा सन् २०१७ मा पक्राउ परेका ३० वर्षीय शिराइसोलाई मंगलबार टोक्यो जिल्ला अदालतको ताचिकावा इजलासले मृत्युदण्डको सजाय सुनाएको हो । न्यायाधीश नोकुनी यानाले ९ जनाको हत्याका लागि शिराइसी नै दोषी देखिएको फैसलामा सुनाएका छन् ।

फ्ल्याटमा ९ जनाको शवको टुक्रा भेटिएपछि शिराइसीलाई पक्राउ गरिएको थियो । हत्या हुनेमा ८ जना महिला र एक जना पुरुष रहेको जापानी समाचार संस्था क्योदोले जनाएको छ । जसमध्ये एक जनाको उमेर १५ वर्ष रहेको बताइएको छ ।

शिराइसीमाथि सन् २०१७ को अगस्टदेखि अक्टोबरसम्म १५ देखि २६ वर्षका ९ जना व्यक्तिको घाँटी रेटेर हत्या गरेको अभियोग लागेको छ । साथै ८ जना महिलामाथि उनले यौन उत्पीडन गरेको पनि आरोप लागेको छ । शिराइसीले अक्टोबरमा आफूमाथि लागेको ‘सबै आरोप सही’ भएको स्वीकार गरेका थिए ।

यसअघि उनको तर्फबाट वकालत गरेका वकिलले अदालतसमक्ष सजाय क मगर्न अनुरोध गरेका थिए । पीडितहरुले आत्महत्या गरेको र आफ्नो मृत्युका लागि उनीहरुले सहमति दिएको शिराइसीका वकिलले दलिल पेस गरेका थिए । तर अदालतले भने उक्त दलिललाई खारेज गर्दै ९ जनाको हत्यामा शिराइसीलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो

शिराइसीले ९ जनालाई नै मर्नका लागि सहयोग गर्छु भनेर ट्विटरमार्फत् फकाएको र आफू पनि उनीहरुसँगै मर्ने भनेर दाबी गरेको समाचारमा उल्लेख छ । समाचार संस्था क्योदोका अनुसार उनको ट्विटर ह्यान्डलले पनि ‘ह्याङ्गम्यान’ (झुन्ड्याउने व्यक्ति) को अर्थ दिन्थ्यो ।

उनको उक्साहटमा ९ जनाले नै आत्महत्या गर्ने मनसाय बनाइसकेपछि उनले कानागावा प्रिफेक्सचरस्थित जामामा रहेको आफ्नो अपार्टमेन्टमा बोलाएका थिए । यसअघि शिराइसीले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आफू पुनरावेदनमा नजाने बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।