काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रमुख सचेतक देव गुरुङलाइ प्रमुख सचेतकबाट राजीनामा दिन माग गरेका छन् ।
२८ मंसिरमा बसेको स्थायी कमिटीको बैठकलगतै ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा दिन माग गरेका हुन | जवाफमा गुरुङले पार्टीको निर्णय नभएकाले राजीनामा किन दिने भनेर प्रतिप्रश्न गरेका थिए ।
ओलीले भने दलको नेता (आफू)विरुद्ध गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् । पार्टीभित्र बहस र छलफल भएको विषयमा आफूले पनि धारणा राख्नु स्वाभाविक भएको भन्दै राजीनामा दिन आवश्यक नदेखेको जवाफ दिएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । तर प्रचण्डले त्यसको प्रतिवाद गरेका छन् ।