२०८१ फाल्गुन १५, बिहिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिबालय बैठकमा कुनै सहमति नभएपछी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश गर्ने निर्णय गरेको  छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको जानकारी दिएको छ ।

‘पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ’, प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु