२०८१ फाल्गुन १६, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं : नेकपाका महासचिब बिष्णु पौडेल सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओलीको आग्रह लिएर  प्रचण्ड निबास पुगेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ  ।

तर, प्रचण्डले भने बैठक सार्ने/नसार्ने विषय बैठकबाटै टुंगो लगाउनुपर्ने जवाफ दिएको बुझिएको छ भने ओली पक्ष बैठकबाट बाहाना बनाउदै भाग्दै आइरहेको छ । तर प्रचण्ड लागएतका नेताहरुले  ‘बुधबार बैठक बसौं, त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला’ भनेर  जवाफ दिएको नेताहरुले बताएको छ ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताइरहेका छन् ।

यो अवस्थामा बुधबारको बैठक स्थगित गर्ने ओली पक्षको प्रस्ताव प्रचण्ड पक्षले नमानेपछि बैठक नरोकिने लगभग निश्चितजस्तै देखिएको छ । तर, सो बैठकमा ओली पक्षका नेताहरु सहभागी हुने/ नहुने निश्चित छैन ।

प्रचण्ड-माधव पक्ष भने सहमतिकै आधारमा बैठकको मिति तय भएकाले बहुमत सदस्यको उपस्थितिमै भए पनि बैठक बस्ने बताउँछन् ।

बुधबारको सचिवालय बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गर्ने प्रचण्ड-माधव खेमाको तयारी रहेको बुझिएको छ । तर, ओली पक्षको आग्रहलाई विचार गरेर भोलिको सचिवालय बैठक थप लम्बिन पनि सक्ने एक नेताले बताए ।

फेसबुक प्रतिक्रियाहरु