काठमाडौं उपत्यकामा थप १३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै काठमाडौं उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ रहेको छ ।
यस्तै भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ हजार ९१५ रहेको छ । यस्तै ललितपुरमा कुल ९ हजार ६६३ संक्रमितमध्ये ७ हजार ३२२ जना निको भएका छन् ।