काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
४ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् ।
देशभरमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका मात्र २३८८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८२ र भक्तपुरका ९९ जना छन् ।