काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले सरकारले उपलब्ध गाराएको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।
कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला ओली सरकारले दशैँ भत्ता स्वरूप सांसदहरूललाइ दसैं खर्च बाडेको प्रति तिब्र आलोचना भएपछी नेकपाले ओली सरकारले दिएको सबै दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
जनता सडकमा भोकै तड्पिरहेको अबस्थामा ओली सरकारले नेताहरुलाई भने ठुलो रकम दशैँ भत्ता स्वरूप बाडेको थियो । हिजो मात्र सरकारले कोरोना संक्रमितको खर्च बेहोर्न नसक्ने निर्णय गरेको तर भत्ता बाडेको बिषयलाइ लिएर ठुलो आलोचना भएको थियो |
नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।