दाङ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।