२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं:  काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए ।

यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन  र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु