२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं:  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  ६४५ जना  कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना कोरोना भाइरस संक्रमित थपिएको पुष्टि भएको  हो ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा  काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुष रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु