स्याङजा : अविरल वर्षाका कारण स्याङजामा दुई जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् ।
वालिङ् नगरपालिका १४ स्थित माया परियारको घर पुरिँदा घरभित्र ९ जना पुरिएको र एक जनाको जीवितै उद्धार गरिएको छ। बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको थियो ।
१० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ। घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको छ। प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भइरहेको छ।