काठमाडौं : कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ ।
बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको छ भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । विभिन्न प्ले-कार्ड सहित सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका थिए ।
घिसिङले चार वर्षको कार्यकाल पुरा गरि बिदा भैसकेका छन् भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन।