२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: नेपालमा बितेको २४ घण्टामा  ९७९ जनामा  कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ  । योसंगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ ।  निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु