२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

ललितपुर: पुल्चोकमा मछ्रिन्द्र नाथको रथ तान्ने क्रममा झडप हुदा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै झपडको  क्रममा कुटाइ खाने  ट्राफिक प्रहरी जवान कमल घिमिरेलाइ समेत कोरोना पुष्टि भएको ललितपुर प्रहरी परिसर, जाउलाखेलले जनाएको छ । अझै ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु