२०८१ फाल्गुन १७, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: बिध्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी  विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ ।

कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

जीपीई कोभिड १९ द्रुत कोषबाट प्राप्त भएको यो अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड १९ आकस्मिक योजना कार्यान्वयनमा योगदान पुर्‍याउने विश्व बैंकको भनाइ छ । कोभिड-१९ले शिक्षा क्षेत्रमा पारेको प्रभाव कम गर्न र प्रतिकार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु