नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ । आजमात्र देशभरबाट थप ११ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज नियमित प्रेश ब्रिफिङ् गर्दै एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ ।
सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।