२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमान्डौ: देशभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्यामा पनि बृधि भएको छ ।  बितेको २८ घण्टामा मात्र  देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको  नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ ।
आज  थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु