काठमाडौं: उपत्यकामा २३२ सहित पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
काठमाडौं उपत्यकामा थपिएका २३२ जना संक्रमित मध्य काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ छन् ।