२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप १६६ सहित देशभरबाट ८१८  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२६,  ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा  १६६ जना सहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्  ।

हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने  ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

यस्तै पर्सामा १३९ जना संक्रमित थपिएका छन् । सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०, रुपन्देहीका २८, काभ्रेका २७, अछामका २३, सिराहाका १४, अर्घाखाँचीका १२, कपिलवस्तु र बाँकेका ११/११ जना र झापाका १० जना संक्रमित भएका छन् ।

सुनसरी र रौतहटका ९/९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६/६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४/४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २/२ जना र धादिङ, मकवानपुर, रसुवा, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु