२०८१ पुस २६, शुक्रबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ संख्या १० पुगेको हो ।

के छ राज्यबिरुद्धको कसुरमा 

सो ऐनको दफा (४९) को उपदफा (४) कसैले सार्वभौमिक अखण्डता, बर्गिय, जातिय, क्षेत्रीय, धार्मिक वा सांप्रदायिक दंगा भड्काउने काम गरे ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा उनीहरुमाथि कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु