काठमाडौँ — नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थपिएको छ । महासघंको बुधबार सम्पन्न राष्ट्रिय भेला (डिजिटल माध्यमबाट भएको)ले कोरोनाका कारण महाधिवेशन हुन नसक्ने अवस्था भएकाले विधानमा व्यवस्था भएअनुसार ६ महिना कार्यकाल थप्ने निर्णय गरेको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासचिव विष्टका अनुसार अध्यक्ष गोविन्द आचार्यले गरेको ‘कोरोना महाव्याधीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान बमोजिम केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको कार्यकाल ६ महिना थप गर्ने’ प्रस्ताव भेलाले सर्वसम्मतले पारित गरेको हो ।