२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

धरानमा भदौ १० गतेसम्म एक साता लकडाउनको समय थप्ने निर्णय भएको छ। आज बसेको कार्यपालिका बैठकले समुदायमा कोरोना संक्रमणको जोखिम अझै रहेको कारण पुनः एक सातालाई लकडाउन थप्ने निर्णय गरेको हो।

तर, यसपाली भने बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी र दूधलाई बिक्री गर्न दिने निर्णय पनि गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्। ‘भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय भयो, तर बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी, दूधलगायत अत्यावश्यक वस्तुलाई बिक्री गर्न दिने निर्णय भएको छ,’उनले भनिन्।

सुरक्षाको मापदण्ड पुरा गरी धरान बाहिरबाट आउने तरकारी, दूध र खाद्यान्नलाई बिहान ८ बजेसम्म बिक्री वितरण गर्न समय दिइने पनि निर्णय भएको छ। तर, पालिका बजार, भानुचोक पश्चिमको बजारलगायत तरकारी बजारहरु भने बन्द नै रहने उपमहानगरपालिकाले जनाएको छ। यसअघि साउन २२ गतेदेखि जारी लकडाउनमा भने दूध, तरकारी र खाद्यान्नको पसलहरु पनि बन्द गरिएको थियो भने धरान बाहिरबाट पनि आयातमा रोक लगाइएको थियो।

तरकारीको स्टक सकिदै जादा महंगी बढेको र बालबालिका, वृद्धवृद्धा तथा विरामीले दूध नपाएको गुनासो व्यापक भएपछि उपमहानगरले समय तोकेर आयात र बिक्री खुला गरेको हो। ‘अत्यावश्यक वस्तु भएकोले तरकारी, खाद्यान्न र दूध भोली(बुधबार) देखि नै बिहान ८ बजेसम्म बेच्न पाइनेछ,’ वडा नं ९ का अध्यक्ष रत्न कटवालले भने। दोस्रो पटक थप भएको लकडाउनको समय भदौ ३ गते राती १२ बजे सकिनेछ।

धरान १३ स्थित कृषि बजार पनि बुधबार बिहान ८ बजेसम्म खुल्नेछ। त्यहाँबाट तरकारी व्यापारीहरुलाई बिहान ८ बजेसम्म व्यवस्थित रुपमा तरकारी बिक्री गर्न दिने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए। ‘कृषि बजारमा पनि किसानहरुबाट तरकारी ल्याउने र बिहान ८ बजेसम्म व्यवस्थित हिसाबले व्यापरीहरुलाई बेच्न पाउने हो। सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर बेच्नुपर्छ,’उनले भने।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।