२०८१ फाल्गुन १७, शनिबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबार साँझ प्रधानमन्त्री  निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै सरकारले  भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा  ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।

त्यसै गरी, प्रेस काउन्सिल ऐन, २०७५ (मस्यौदा) को परिच्छेद २ को ३ (२) क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्ति मध्येबाट कम्तिमा ४५ वर्ष उमेर पुगेकाव्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु