२०८१ माघ ९, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसारआइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो।

भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिएको छ । अब पेट्रोल १०५, डिजेल र मट्टीतेल ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए। 

फेसबुक प्रतिक्रियाहरु