२०८१ पुस १०, बुधबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। ७१ वर्षीय रोबर्टको न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको ट्रम्पले जानकारी दिएका छन्।

‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु। उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए। हामी उनलाई धेरै सम्झनेछौं, हामी फेरि भेट्ने छौं। उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ। रोबर्ट, म तिमीलाई माया गर्छु। तिम्रो आत्माले शान्ति पाओस्,’ राष्ट्रपति ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो। केही समय उपचार गरेपछि उनलाई निको भएको थियो।

रोबर्ट ७४ वर्षीय दाजु डोनाल्डका एकदमै नजिक थिए। पछिल्लो समय उनले ट्रम्प परिवारबारे भतिजी म्यारीले प्रकाशन गर्न लागेको किताब रोक्नुपर्ने भन्दै मुद्दा हालेका थिए।

राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पतालमा गएर रोबर्टलाई भेटेका थिए। ट्रम्पका तीन दाजुभाइमध्ये जेठा दाजुको  ४३ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो। अत्याधिक मदिरा सेवन गर्ने दाजुको अल्पायूमै मृत्यु भएपछि त्यसले ट्रम्पको जीवनमा गम्भीर प्रभाव पारेको थियो।
रक्सीका कारण दाजुको ज्यान गएको देखेपछि आफूले कहिल्यै रक्सी नखाएको ट्रम्पले बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।