२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

अहिलेको समयमा मान्छेलाई ढाट्नु छल्नु सामान्य नै भैसक्यो। मान्छेहरुले अरुलाई त ढाटछन नै आफैलाई पनि ढाट्न बाकी राख्दैनन। समाजमा दिनहु जस्तो हुने बीभत्स हत्या हिंसा आदि ईत्यादी अत्यान्तै क्रुर अमानबिय कुराले मान्छेको मानसपटलमा अब मानबता र ईमान्दारिता हराउदै गएको महसुस हुनु नौलो कुरा नै भएन। समाजमा विस्वास गर्न र ईमान्दार ब्यक्ती पाउन एलिन भेटन जतिकै गाह्रो भएको बेला चाबेलको एउटा घटनाले समाजमा अझै नि असल र नैतिकतावान मान्छे छन भन्ने कुरा पुष्टि गर्छ।

घटना २५ गते आईतबारको हो। स्थाई घर सोलुखुम्बु जिला माप्य दुधकोशी गा पा भै हाल धापासी बस्दै आएका एक मनकारी ब्यक्ती चन्द्र राई। उहाँ पर्यटन ब्यबसाय, होटेल ब्यबसाय, यातायात ब्यबसाय र समाज सेवामा दिनहु ब्यस्त रहन्छन। आईतवार पनि कामकै शिलशिलामा भक्तपुर सुर्य बिनायक जाने क्रममा चाबहिल चोक पुग्दा अब्याबारिसे अवस्थामा एउटा आईफोन सेभेन एक हजार रुपैया र नेपाल इन्भेस्टमेन्ट बैंक को एउटा एटिम कार्ड भेटे र टिपेर जतन साथ आफैसङ्ग राखेर केही अगाडि रोकिएर एउटा सानो चिया पसल भित्र छिरे।

चिया मगाएर खाए गाउलेकै होटेल भएको कारन चिनजानको अन्य साथिहरु पनि भेटे तर उहाँ होटेल भित्र छिर्नुको एउटै कारन ती मोबाईल धनिलाई धेरै दुख नदिनु नै हो। सोचे धेरै टाढा पुगि सके पछि मोबाईल धनीलाई लिन आउन गाह्रो हुन्छ र त्यो मोबाईल त्यतै भेटेर दिने सोचका साथ होटेल छिरे।

लगभग होटेल भित्र छिरेको ५/७ मिनेटमा मोबाईलमा घन्टी बज्यो र आवाज आयो दाई यो मोबाईल हामिले खसाएछौ फिर्ता दिनु भन्ने आग्रह सहितको आवाज सुने पछि लोकेसन दिएर लिन बोलाए। केही समय मै उक्त मोबाईल धनी आइपुगे संयोग ती मोबाइल धनि पनि सोलुखुम्बु पासाङ ल्हामु गा पा ३ घाटका मिङमा याङजी शेर्पाको रहेछ। खुम्बु पासाङ ल्हामु गा पा र माप्य गा पा छिमेकी गा पा हुन। हतास, थकित र चिन्तित अनुहारमा देखिएकी शेर्पाले औसधिको झोला देखाउदै बिलौना सुनाए हेर्नुन दाई मेरो भाई अस्ति फुटसल खेल्दा खुट्टा फ्याक्चर भयो खाङरी ईन्टनेसनल अस्पताल बौद्धमा उपचार गर्दै छौ आज अप्रेसन गर्नु छ औषधि कहि पाईएन त्यही भएर चाबेल औषधि खोज्न आको कति बेला मोबाईल खस्यो थाहा भएन धन्न तपाईले भेट्नु भएछ धन्यवाद यो एक हजार चाहिँ चिया खानु भन्दै दिए। मनकारी राईले लिन मानेन तर धेरै कर गरे पछि उनको मन राखी दिन राईले एक हजार रुपैया लिए।
यी सबै दृश्य नजिकबाट नियाली रहेका सङ्गैका साथीले कहिले मोबाईलबाट कैद गरि दिएछ्न।

जहिले पनि कामकै हतारोमा हुने राई त्यहाबाट हिडि हाले तर अगाडिको सबै दृश्य सन्च खालिङ नाम गरेको फेसबुक प्रयोगकर्ताले फेसबुकमा अपलोड गरेको केही समय मै भाइरल भएछ त्यसपछी अरुले फोन गरेर बधाई दिदा पो राई छक्क परे। रिपब्लिक दैनिक सङ्गको छोटो कुराकानिमा राईले हसिलो अनुहारमा भन्नु हुन्छ मलाई साथिहरुले कहिले भाईरल बनाई सकेछन बेलुका घर फर्के पछि मात्र मैले त्यो पोस्ट पनि देखे खुसी लाग्यो सबै साथिहरुले धेरै माया गरेर स्याबासी दिनु भयो।

धन्यवाद पाउनलाई भन्दा पनि मानबता सम्झेर काम गर्नु पर्छ। बिचरा उहाहरु पनि समस्या मा हुनु हुदो रहेछ त्यो पैसा लिन नि गाह्रो भयो। तै पनि उहाहरु मान्नु भएन। मैले उहाहरुको मन राख्न मात्र लिएको हु मैले पनि केही समय अगाडि मोबाईल हराए! मोबाइलको दाम भन्दा पनि त्यसमा भएको महत्वपूर्ण डाटा र नम्बरहरु महत्त्वपूर्ण हुन्छन।

मलाई मोबाईल हराउदा दुई दिनसम्म भोक र निन्द्रा दुबै लागेन त्यहि सम्झेर पनि मलाई उहाहरुको मोबाइल फिर्ता गर्न हतारो थियो बुझाउन पाए खुसी छु। उहाहरुको बिरामी रहेछ चाडै निको होस म कामना गर्छु।

उहाका बारेमा राम्रो जानकारहरुका अनुसार चन्द्र राई एक सफल व्यावसायि मात्र नभै एक कुशल समाजसेवी पनि हुन भन्छन। सबै सङ्ग मीठो बोल्ने सरल स्वभाव सबैका प्रीय राई काकु समाबेशी बिकास समिति काठमाडौका बर्तमान अध्यक्ष पनि रहेको खुलेको छ। उहाँ बिगत लामो समय ब्यबसायको अलवा विभिन्न संघ सस्थामा आवद्ध भएर समाजसेवा गर्दै आउनु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।