२०८१ फाल्गुन १७, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

भैरहवा-अन्तराष्ट्रिय युवा दिवसको उपलक्षमा नेपाल तरुण दल रुपन्देही कार्य समितीले आज (बुधबार)मास्क बितरण गरेको छ ।भैरहवा पार्टि कार्यालयबाट सिडियो कार्यालय हुदै बाटोमा हिडने मानिस, पसल लगायतका स्थानमा पैदल यत्री, साईकल यात्री, मोटरसाइकल, कार लगायतका यातायातका साधानहरुमा मास्क नलगाई हिडेकाहरुको लागि जोखिम न्युनीकरण गर्न मास्क प्रदान गरिएको जिल्ला सदस्य लक्ष्मण गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल तरुण दल जिल्ला अध्यक्ष सोम गुरुङले युवाहरु मिलेर समाजको लागि काम गर्नु पर्ने बताउनुभयो सरकारको मात्रै मुख ताकेर नहुने बताउदै उहाले अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमत हुँदा पनि जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको र भ्रष्टचारमा डुबेको औंल्याउँदै तरुण युवाहरु अब समाज र देशको लागि एक हुनुपर्ने बताउनुभयो ।
जिल्ला सचिव रमेश शाहीले कोरोनाको महामारिले गर्दा सबै जिल्लाका साथीहरुलाई यस कार्यक्रममा समेट्न नसकोको बताउनुभयो ।
कार्यक्रमममा जिल्ला कोषाध्यक्ष बासु बस्याल, जिल्ला सदस्य लक्ष्मण गौतम, जिल्ला सदस्य प्रदिप गौतम, जिल्ला सदस्य बिशाल चौधरी , बुटवल नगर समिती अध्यक्ष सुजन पुन, तिलोत्तमा नगर समिती अध्यक्ष खिम क्षेत्री लगायतको उपस्थिती रहेका थियो।जिल्ला अध्यक्ष सोम गुरुङको अध्यक्षता एबम जिल्ला सचिव रमेश शाहीको सँचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रियाहरु