२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमान्डौ: दुई दिनदेखि बेपत्ता रहेको पत्रकार बलराम बानियाँ मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा मृत  फेला  परेको  छ ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले बानियाको मोबाइल ट्रेकिङ गरेको थियो | उहाको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो । पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु